

चालु आवको ४ महिनामा खुद ट्रान्सफर आय ६.७ प्रतिशतले वृद्धि भई २६५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २३.२ प्रतिशतले बढेको थियो। विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्यामा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७४ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ७.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०.९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ।
अघिल्लो वर्षको चार महिनामा १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २५ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ। त्यसैगरी, अघिल्लो वर्षको चार महिनामा २१ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २ अर्ब ४० करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

