रूसी यात्रुवाहक विमान दुर्घटनाप्रति राष्ट्राध्यक्ष सीको सात्वना सन्देश

ram naam satya

हिजो मे ६ तारिख एउटा रूसी यात्रुवाहक विमान मस्को शेरेमेत्येभ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्दा आगलागी भएको छ। सो आगलागीबाट ठूलो हताहत भएकोमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सात्वना सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट एवं आफ्नो व्यक्तिगत रूपमा दुर्घटनामा मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धान्जली दिँदै घाइतेहरू तथा मृतकका परिवारलाई दिलैदेखि समवेदना दिनुभएको छ।

सोही दिन उक्त दुर्घटनाको कारणले चीनका प्रधानमन्त्री ली खछ्याङले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि सात्वना सन्देश पठाउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *