रुसी उप-विदेश मन्त्रीबाट इरानी आणविक सन्धिको पालना गर्न आग्रह

ram naam satya
रुसले इरानी आणविक सन्धिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वक्तव्यमाथि नकारात्मक मूल्यांकन गर्नुका साथै विभिन्न पक्षसँग उक्त सन्धिको पालना गर्न रुसी उप-विदेशमन्त्री सेर्गेइ र्‍यब्कोभले आग्रह गर्नुभएको छ।

13 तारिख मस्कोमा उहाँले इरानको आणविक समस्यासम्बन्धी चौतर्फी सन्धि सन्तुलित रुपमा विभिन्न पक्षको धारणा समेटिएको उचित र प्रभावकारी सन्धि भएको बताउनुभयो। तर अमेरिकाको स्वार्थ र केही तहको शत्रुगत धारणाले सन्धि कार्यान्वयनमा अमेरिकाप्रति शंका उब्जिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सिनेट र सन्धिका यूरोपेली पक्षसँग सन्धिमा केही विषयको संशोधनका लागि स्वीकृति खोज्नुभएको थियो। उपमन्त्री र्‍यब्कोभले सन्धिको संशोधन नहुने भन्दै रुसले अमेरिकाको गतिविधिलाई रोक्ने कुरा बताउनुभयो।

सन् 2015 जुलाइ महिनामा इरान र अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन तथा जर्मनीले इरानी आणविक समस्यासम्बन्धी चौतर्फी सन्धि गरेका थिए। सन्धिअनुसार, इरानले आफ्नो आणविक योजनाप्रति वचनवद्धता जनाएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी खुलाइएको थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *