रुसमा नेपाली चियाको चर्चा

ram naam satya

नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। त्यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

इलामको साखेजुङ, चमैता, सूर्योदय नगरपालिका लगायतबाट लगेर प्रदर्शनीमा राखिएको नेपाली चियाले व्यापारी र उपभोक्ताको ध्यान खिचेको एक्स्पोमा सहभागी तीनजुरे चिया सहकारी संस्थाका सचिव सोम शर्माले जानकारी दिनुभयो।

५ देखि ९ फेब्रुअरीसम्म चलेको एक्स्पोमा इलामबाट अर्गानिक ह्वाइट टी, ग्रिन टी, ग्रिन पर्ल, ब्ल्याक टी र गोल्डेन टीलगायत राखिएको थियो।

सहकारी संस्थामार्फत उत्पादन गरेको नेपाली अर्गानिक तयारी चियाको विश्व बजारमा पहुँच बढाउने उद्देश्यले एक्स्पोमा प्रदर्शन गरिएको थियो। चिया तथा कफी विकास बोर्डका रघुपति चौधरीको नेतृत्वमा मस्को गएको टोलीले चिया बेच्नभन्दा विश्वमा बजार प्रवर्द्धनका लागि एक्स्पोमा नेपाली चिया राखेको बताएको छ। नेपाली चिया उत्पादन भएको करिब डेढ सय वर्षपछि भर्खरै नेपाली चियाको लोगो स्वीकृत भएको थियो । यसको प्रयोग कार्यविधि जारी भएपनि प्रयोगमा भने आउन थालिसकेको छैन।

तर, कुनै ब्रान्डबाहेक पनि अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको नेपाली चियाको बजार भने उच्च छ । यहाँका व्यापारीले तेस्रो मुलुक पुर्‍याएर नेपाली चिया बिक्री गरिरहेका छन्। व्यवसायी तथा किसानले उत्पादन गरेको उच्च गुणस्तरको तयारी चिया सोझै तेस्रो मुलुकसम्म जाने गरेको छ । चियाविज्ञ तथा उद्यमी चन्द्रभूषण सुब्बाले जर्मनी, स्विट्जरल्यान्ड, अमेरिका, रुस, चीन, ताइवानलगायत देशमा नेपाली चियाको बजार उच्च रहेको बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *