राष्ट्र संघीय सुरक्षा परिषदको निर्णयप्रति चीनको प्रतिक्रिया

ram naam satya
गत नोभेम्बर महिना उत्तर कोरियाले अन्तरद्बीपिक व्यालेस्टिक क्षेप्यास्त्रको प्रक्षेपण गरेपछि राष्ट्र संघीय सुरक्षा परिषदले डिसेम्बर 23 तारिख 2397 नम्बरको निर्णय पारित गरेर उत्तर कोरियामाथि थप नाकाबन्दी लगाउने घोषणा गरेको छ। त्यसप्रति कोरियाली प्रायद्बीप समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित पक्षले 2397 नम्बरको निर्णय-पत्रसमेत सुरक्षा परिषदका निर्णयलाई चौतर्फी र संतुलित रुपमा व्यवहारमा उतार्ने आशा चीनले गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, 2397 नम्बरको निर्णय-पत्रले उत्तर कोरियामाथि थप नाकाबन्दी संयमताका साथ सबल पार्नुपर्छ। तर यो कार्यले उत्तर कोरियाली सर्वसाधारणमा नराम्रो मानवीय प्रभाव पार्नुका साथै सामान्य आर्थिक गतिविधि तथा सहयोग, खाद्यान्न तथा मानव सहयोग र उत्तर कोरियाका लागि विदेशी कुटनीतिज्ञको गतिविधिलाई नकारात्मक प्रभाव पार्नु हुँदैन। उहाँले कोरियाली प्रायद्बीप तथा उत्तर-पूर्वी एशियाको सुरक्षा गर्ने अडान पनि दोहोर्‍याउनुभएको छ। उहाँले शान्तिपूर्ण, कुटनीतिक र राजनीतिक तरिकाद्बारा समस्याको समाधान गर्न आह्वान गर्दै छ-पक्षीय वार्ता पुनःसुरु गर्नुपर्ने बताउनु भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *