राष्ट्र संघीय सुरक्षा परिषदबाट प्यालेष्टाइन समस्याको लेखाजोखा

ram naam satya

राष्ट्र संघीय सुरक्षा परिषदले 20 तारिख खुल्ला बहसको आयोजना गरेर मध्य-पूर्वी क्षत्रको परिस्थितिबारे छलफल गर्नुका साथै प्यालेष्टाइन समस्याबारे छलफल गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरेस, राष्ट्र संघीय मध्य-पूर्वी शान्ति प्रक्रियाका लागि विशेष मध्यस्थकर्ता निकोलाय म्लाडेनोभ, राष्ट्र संघीय अवलोकनकर्ता मुलुक प्यालेष्टाइनका राष्ट्रपति मोहम्मद अब्बास राष्ट्र संघस्थित इजरेलका प्रतिनिधि डान्नी डानोन लगायत उक्त बैठकमा सहभागी भएर सम्बोधन गर्नुभएको छ।

महासचिव गुटेरेसले प्यनलेष्टाइन र इजरेलसँग वार्ताद्वारा समाधानको तरिका पहिल्याउन आह्वान गर्नुका साथै समस्या समाधानको अर्को विकल्प नरहेको बताउनुभयो।

प्यनलेष्टाइनका राष्ट्रपति अब्बासले सम्बोधन गर्दै आफ्नो अडानको व्याख्या गर्नुभयो। उहाँका अनुसार, प्यालेष्टाइनले शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानूनको आधारमा स्थापित बहुपक्षीय व्यवस्थासँग सहयोग गर्न तयार रहनुका साथै शान्ति प्रक्रियामा एकपक्षीयवादको विरोध गरेको छ।

अमेरिकी प्रतिनिधि मिक्की हालीले प्रत्युत्तरमा प्यालेष्टाइनले अमेरिकाको निर्णयप्रति असन्तोष लागेको थाहा पाएपनि अमेरिकाले प्यालेष्टाइनको मन, प्रशंसा र स्वीकृति नचाहेको बताउनुभयो।

यसैबीच दुई देश योजना प्यालेष्टाइन समस्या समाधानको उचित उपाय भएको चिनियाँ प्रतिनिधि मा चाउ स्युले दोहोर्‍याउनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समाजसँग प्यालेष्टाइनी शरणार्थीलाई निरन्तर रुपमा मानवीय सहायता दिन आग्रह गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *