राष्ट्र संघीय सुरक्षा परिषदद्वारा उत्तर कोरियामाथि नयाँ नाकाबन्दीको निर्णय

ram naam satya
राष्ट्र संघीय सुरक्षा परिषदले हिजो डिसेम्बर 22 तारिख उत्तर कोरियासम्बन्धी 2397 नम्बरको निर्णय पारित गरेर उत्तर कोरियामाथि अझ गम्भीर नाकाबन्दी लगाउने निर्णय गरेको छ।

उक्त निर्णयका अनुसार, उत्तर कोरियाले अन्तर्राष्ट्रिय जगतको विरोधको वेवास्ता गर्दै नोभेम्बर 29 तारिख फेरि अन्तरद्बिपिक व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनाले सुरक्षा परिषदले उत्तरकोरियामाथि नयाँ नाकाबन्दी लगाउने निर्णय गरेको छ।

निर्णयमा हरेक वर्ष उत्तर कोरियाको आयातित परिष्कृत पेट्रोल बीस लाख ब्यारेलबाट घटाएर पाँच लाख ब्यारेल बनाउने, कच्चा पेट्रोलको मात्रा पनि चालीस लाख ब्यारेलभन्दा कम बनाउने र निर्धारित समयमा विदेशमा कार्यरत उत्तर कोरियालीहरुलाई स्वदेश फिर्ता पठाउने आदि विषय समेटिएका छन्।

निर्णयले छ-पक्षीय वार्ताको पुनःसुरु गर्ने सुझाव पनि दिएको छ।

मतदानपछि संयुक्त राष्ट्र संघस्थित चिनियाँ अस्थायी कार्यवाहक प्रतिनिधि ऊ हाइ थाउले नाकाबन्दी र दवावबाट मात्र समस्याको समाधान गर्न नसकिने बताउनुभएको छ। उहाँका अनुसार, विभिन्न पक्षले प्रायद्बीपलाई आणविक अस्त्ररहित बनाउन र शान्ति तथा स्थिर हुनका लागि यस्ता कार्य सहयोगी नहुने भनाइ राख्दै यस्ता गतिविधिलाई तुरुन्तै रोक्नुपर्ने माग गर्नुभयो। उत्तर कोरियासम्बन्धी राष्ट्र संघीय सुरक्षा परिषदको नियम र भावनाको पालना गर्नुपर्ने बताउँदै आफ्नो जिम्मेवारी वहन गर्नुका साथै दायित्वलाई व्यवहारमा उतार्नुपर्ने र चाँडै वार्ता र कुराकानी पुनःसुरु गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *