राष्ट्र संघका महासचिवद्वारा नयाँ वर्षको शुभकामना

ram naam satya
  संयुक्त राष्ट्र संघका महासचिव आन्टोनि‌ओ गुटरेसले सन् 2018 को पहिलो दिनमा नयाँ वर्षको शुभकामना दिनु भएको छ। उहाँले विभिन्न मुलुकका जनतालाई हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्दै वर्तमान विश्वका सामु धेरै चुनौति देखापरेको परिस्थितिमा एकता नै सबैभन्दा ठूलो समाधान रहेको बताउनुभएको छ। एक वर्षअघि संयुक्त राष्ट्र संघको महासचिवमा नियुक्त भएको बेलामा उहाँले त्यतिबेला सन् 2017 एक शान्त वर्ष बनोस् भनेर आव्हान गर्नुभएको थियो। उहाँले भनेजस्तो सन् 2017 शान्त नबनेकोमा उहाँलाई दुःख लागेको बताउनु भएको छ। त्यसैले अब सन् 2018 को प्रारम्भिक अवधिमा उहाँले आव्हानको सट्टा चेतावनी दिनभएको छ। चर्किँदै गएको द्वन्द्व र उत्पन्न हत्याहिंसाको विद्धरु सबै नागरिक एक भएर उभिन उहाँले चेतावनी दिनु भएको हो। आफ्नो शुभकामना सन्देशमा महासचिव गुटेरेसले भन्नु भएको छ आणविक हतियारप्रति सारा विश्वले लिएको चिन्ता शित युद्धदेखि यता सबैभन्दा ठूलो भएको छ। जलवायु परिवर्तन हुने गति अझ उच्च भएको छ। जातीय विचार झन झन बढ्दै गएको छ। यस्तो पृष्ठिभूमिमा महासचिव गुटरेसले एकताबद्ध भएर मतभेदको समाधान गर्दै सहमति सिर्जना गर्न आव्हान गर्नुभएको छ।

         आफ्नो सन्देशको अन्तमा महासचिव गुटरेसले अंग्रेजी,अरबीय,चिनियाँ,फ्रान्सेली,रुसी,स्पेनी र पोर्तुगली भाषामा नव वर्षको शुभकामना दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *