राष्ट्रिय वृहत डाटा रणनीतिमार्फत डिजिटल चीनको निर्माण प्रक्रियालाई शिघ्र पारिने

ram naam satya
(GMT+08:00) 2017-12-09 15:38:22

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले हिजो डिसेम्बर आठ तारिख दिउँसो राष्ट्रिय वृहत डाटा रणनीति लागु गर्ने विषयबारे दोस्रो पटकको अध्ययनको आयोजना गरेको सिन्ह्वा समाचार समितिले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले अध्ययनको अध्यक्षता गर्नुभयो।

वृहत डाटाको बदलिंदो परिवर्तन भइरहेको सिलसिलामा वास्तविक स्थिति बमोजिम वृहत डाटा विकास हुने प्रवृत्ति र त्यसबाट आर्थिक तथा सामाजिक विकासका लागि ल्याइने प्रभावबारे गहन रुपमा समझदारी लिने, चीनमा वृहत डाटा विकास हुने क्रममा प्राप्त उपलब्धि र मौजुद समस्याको विश्लेषण गर्ने, डिजिटल आधारभूत प्रबन्धलाई पूर्णता दिलाउने, डाटाको सुरक्षालाई प्रत्याभूति दिने, डिजिटल चीनको निर्माण प्रक्रियालाई शिघ्र पार्ने र आर्थिक तथा सामाजिक विकास र जनताको जीवनलाई अझ राम्रोसँग सेवा प्रदान गर्ने कुरामा महासचिव सीले जोड दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *