राष्ट्रिय योग दिवस एक साता मनाइने

ram naam satya
तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी मुलुकभरि साताव्यापी रूपमा मनाउने निर्णय गरिएको छ। शिक्षा मन्त्रालयमा बसेको राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकले सो निर्णय गरेको छ। विक्रम संवत् २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो।

‘गरौँ योग, बनौँ निरोग’ भन्ने मूल नारासहित गत वर्ष यो दिवस मुलुकभरि मनाइएको थियो। त्यस अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले योग र ध्यानमा हिमवत खण्डको महìवपूर्ण योगदान रहेको चर्चा गर्दै पूर्वीय दर्शन र सभ्यताबाट अभिप्रेरित नेपालीका लागि योगलाई राष्ट्रिय पर्वका रूपमा मनाउन पाउनु गौरव र सौभाग्यको विषय भएको धारणा व्यक्त गर्नुभयो।

“हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले हामीले यसलाई पुनर्जीवन दिने प्रयास गरेका हौँ, योग साधनाले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन ठूलो योगदान पुर्याउने गर्दछ,” उहाँले भन्नुभयो। छलफलमा योगसम्बन्धी आएका सुझावलाई सरकारले मनन गर्नुपर्ने उहाँले बताउनुभयो। शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले योग पूर्वीय दर्शन र सम्यताको अभिन्न अङ्ग हो भन्दै योग साधनालाई मानिसले जीवनशैलीका रूपमा अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सहभागीले योगलाई सबै तहको शिक्षाको पाठ्यक्रममा समावेश गर्नुपर्ने, शिक्षा मन्त्रालयमा योग विभाग स्थापना हुनुपर्ने, योगको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्ने, योगलाई आसन र प्रणायममा मात्र सीमित नराखी मुलुकको शान्ति, समृद्धि र विकाससँग जोड्नुपर्ने सुझाए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *