राष्ट्रिय प्रतिरक्षा रणनीति प्रतिवेदन जारी

ram naam satya
अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री ज्याम्स माटिसले हिजो जनवरी उन्नाईस तारिख अमेरिकाद्बारा “राष्ट्रिय प्रतिरक्षा रणनीति” प्रतिवेदन जारी गर्दै ठूला मुलुक बीचको प्रतिस्पर्धालाई प्राथमिकता राख्नु बाहेक आतंकवाद विरूद्ध मुख्य बिन्दु नहुने कुरा जनाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

उक्त प्रतिवेदनमा भनिएको छ: दिनप्रति दिन जटिल हुँदै आएको सारा विश्वको सुरक्षा वतावरणमा प्रतिस्पर्धा गरी बिजय प्राप्त गर्नु नै पेन्टागनको मुख्य लक्ष्य रहेको छ। हाल दीर्घकालीन रणनीतिक प्रतिस्पर्धा अमेरिकाको समृद्धि र सुरक्षा सामु देखा परेको केन्द्रीय चुनौती रहेको छ। त्यो दीर्घकालीन रणनीतिक प्रतिस्पर्धा मुख्यत: चीन र रुसबाट आएको कुरा पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ।

उत्तर कोरिया र इरान दुवै नै अमेरिकाका लागि अन्तर्राष्ट्रिय धम्की हुन् भन्ने कुरामा पनि उक्त प्रतिवेदनले जोड दिएको छ। यसबाहेक, प्रतिवेदनले यथावत् रुपमा अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय गठबन्धनलाई अमेरिकी राष्ट्रिय प्रतिरक्षा रणनीतिको एक महत्वपूर्ण अङ्गको रुपमा व्यवहार गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *