राष्ट्रिय प्रकोप निवारण समिति आदि विभागद्वारा तिब्बतको मिलिन जिल्लामा गएको भूकम्पका लागि राष्ट्रिय चौथो श्रेणीको आपतकालीन उद्धार आरम्भ

ram naam satya
(GMT+08:00) 2017-11-18 14:56:09

तिब्बत स्वायत्त प्रदेशको लिन च शहर अन्तर्गत मिलिन जिल्लामा नोभेम्बर अठार तारिख बिहान छ दशमलब नौ रेक्टर स्कलको भूकम्प गएपछि राष्ट्रिय प्रकोप निवारण समिति, नागरिक मामिला मन्त्रालय र यातायात मन्त्रालयले बिहानै साढे दश बजेतिर राष्ट्रिय चौथो श्रेणीको आपतकालीन उद्धार आरम्भ गरी प्रकोप स्थलमा उद्धार कार्यको निर्देशन दिनका लागि कार्य-टोलीलाई पनि पठाएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चिनियाँ भूकम्प स्टेशनको वेभसाइटले जनाए अनुसार, तिब्बत स्वायत्त प्रदेशको लिन च शहर अन्तर्गत मिलिन जिल्लामा नोभेम्बर अठार तारिख बिहान छ बजेर चौंतीस मिनेट जाँदा छ दशमलब नौ रेक्टर स्कलको भूकम्प गएको थियो। हाल प्रकोपको वास्तविक अवस्था सम्बन्धी जाँचबुझ तथा तथ्याङ्क संकलन कार्य जोडतोडसँग भइरहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *