राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष एशिया-प्रशान्त संसद मञ्चको वार्षिक सम्मेलनमा

ram naam satya
एशिया-प्रशान्त सांसद मञ्चको छब्बीसौं वार्षिक सम्मेलन जनवरी अठारदेखि बीस तारिखसम्म भियतनामको हनोइमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष छ्न चुले प्रतिनिधि मण्डलको नेतृत्व गरेर सम्मेलनमा भाग लिनुभएको छ।

उपाध्यक्ष छ्नले सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनले नयाँ युगमा चीनको विकास हुने नयाँ अध्याय खोलेको बताउनुभयो। एशिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूसँग मिलेर पारस्परिक विश्वास, सहिष्णुता, सहकार्य र साझा जित हुने एशिया-प्रशान्त साझेदारी सम्बन्धको स्थापना गर्नुका साथै अझ सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक रहेको कुरा पनि उपाध्यक्ष छ्नले औँल्याउनुभएको छ।

सम्मेलनका भाग लिने क्रममा उपाध्यक्ष छ्न चु भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्येन फु चोङको सार्वजनिक भेटघाट कार्यक्रममा पनि सहभागी हुनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *