राष्ट्राध्यक्ष सी र इथियोपियाका प्रधानमन्त्री बीच भेटघाट

ram naam satya

राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल २४ तारिख जन बृहद् सभा भवनमा इथियोपियाका प्रधानमन्त्री आबी अहमेदसँग भेटघाट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले इथियोपिया चीनका लागि अफ्रिकाको महत्वपूर्ण सहयोगात्मक साझेदार रहेको कुरामा जोड दिनुभयो।

प्रत्युत्तरमा प्रधानमन्त्री आबीले निरन्तर रुपमा दुवै देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अघि बढाउनुका साथै सक्रियताका साथ “बेल्ट एण्ड रोड”को निर्माणमा भाग लिँदै जाने कुरा बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *