राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति पुटिन बीच भेटवार्ता

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल २६ तारिख पैचिङ यौ यी अतिथि भवनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको सिन्हा समाचार समितिले जनाएको छ।वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले चालु वर्ष जन गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सव हुनुका साथै चीन र रुस बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सव रहेको कुरा औँल्याउनुभयो।

वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल र बदलिंदो भइरहेको सिलसिलामा चीन र रुस दुवै पक्षले आ-आफ्नो मुलुकको विकास र पुन:रुत्थानलाई साकार तुल्याउनका लागि प्रयास गर्नुका साथै साझा कार्यभार र चुनौतीको सामना गर्दै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

प्रत्युत्तरमा राष्ट्रपति पुटिनले चीनमा दोस्रो “बेल्ट एण्ड रोड” सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा सहभागी भएकोमा आफूलाई ज्यादै खुसी लागेको कुरा बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *