

चीनको केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले एउटा आदेशमा हस्ताक्षर गरी नयाँ संशोधित चिनियाँ जनमुक्ति सेनाको अपराध रोकथाम कार्य नियम सार्वजनिक गर्नुभएको छ। सो नियम सन् 2019 को मेइ एक तारिखदेखि संचालनमा आउनेछ।

नियमअनुसार, सी चिनफिङ नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशनमा अडिग रहेर सी चिनफिङको बलियो सैन्य विचार र सैन्य आयोगको अध्यक्षको जिम्मेवारी प्रणालीलाई गहिरो रुपमा पालना गरिनेछ।

साथै युद्ध तयारीमा सेवा प्रदान गर्नेबारे ध्यान दिएर अपराध रोकथाम कार्यको विशेषता र नियमबारे गहिरो रुपमा बुझी अपराध रोकथाम कार्यको आधारभूत कार्य, जिम्मेवारी विभाजन, मुख्य कदम, कार्य प्रणाली, रोकथामको मुख्य विषयलाई वैज्ञानिक रुपमा मापदण्ड तोकिनेछ।

