राष्ट्राध्यक्ष सीद्वारा विदेशका लागि चिनियाँ राजदूतहरुसँग भेटघाट

ram naam satya
सन् २०१७ विदेशका लागि चिनियाँ राजदूत कार्य सम्मेलन हाल पैचिङमा आयोजित भयो। हिजो डिसेम्बर २८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव,चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले जन वृहत् सभा भवनमा यस कार्य सम्मेलनका लागि चीन फर्केका सम्पूर्ण राजदूतहरुसँग भेटघाट गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभयो। सीले चिनियाँ कम्युनिष्ट पार्टीको १९‌औं महाधिवेशनको भावना,नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा,वर्तमान युगको प्रवाह तथा अन्तर्राष्ट्रिय परिस्थिति सही रुपमा बुझ्न तथा चिनियाँ विशेषतायुक्त कूटनीतिलाई गहन रुपमा अघि बढाउन राजदूतहरुलाई निर्देशन दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको १८‌औं महाधिवशेनदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नेतृत्वमा चीनको कूटनीतिले राष्ट्रिय सार्वभौमिकता,सुरक्षा तथा विकासको हितको दृढताका साथ सँरक्षण गरी विश्वको व्यवस्थापनमा पनि सक्रियताका साथ भाग लिँदै आएको छ। चीनले “बेल्ट एण्ड रोड”को संयुक्त निर्माणलाई प्रस्तावित गरी चीनको विकासका लागि असल वाह्य वातावरणको तयारी गरेको छ।

विदेशका लागि चिनियाँ राजदूतहरुप्रति चिनियाँ कम्युनिष्ट पार्टी तथा जनताको आशा सम्झेर आफ्नो वास्तविक गतिविधिमार्फत् नयाँ युगमा चीनको कूटनीतिक कार्यका लागि उत्कृष्ट अध्याय लेख्नसक्ने आशा सीले गर्नुभयो।

जानकारी तथा लेखहरु
Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *