राष्ट्राध्यक्ष सीद्वारा “दक्षिण-दक्षिण मानव अधिकार मञ्च”लाई बधाई सन्देश

ram naam satya
(GMT+08:00) 2017-12-07 18:00:21

आज डिसेम्बर ७ तारिख पहिलो “दक्षिण-दक्षिण मानव अधिकार मञ्च” पैचिङमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो मञ्चलाई बधाई सन्देश पठाउनुभयो। बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले हार्दिक बधाई व्यक्त गर्नुका साथै विश्वमा मानव अधिकारको विकास व्यापक विकासोन्मुख मुलुकहरुको संयुक्त प्रयाससँग सम्बन्धित रहेको कुरा प्रटक गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले जनतालाई केन्द्रमा राखेर जनताको हितलाई प्राथमिक स्थानमा राख्दै आएको कुरा पनि प्रकट गर्नुभएको छ। भर्खरै आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको १९‌औँ महाधिवेशनले चीनको विकास सम्बन्धी महान योजना बनाएर चीनमा मानव अधिकारको विकासलाई अघि बढाउने कुरा पनि उहाँले प्रष्ट पार्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *