

शुक्रवार दिउँसो सम्मेलन उद्धाटन गर्नुअघि राष्ट्राध्यक्ष सीले म्यान्मारकी राज्य सल्लाहकार आङ सान सुकी र कम्बोडिया जनपार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री साम्देच टेचो हुनसेनसँग बेग्ला-बेग्लै रुपमा भेट-वार्ता गर्नुभएको थियो।
सम्मेलनलाई सम्वोधन गर्दै उहाँले विश्वका जनताले ” एउटै विश्व एउटै परिवार”को धारणा राखेर मानव भाग्य समुदाय निर्माणका लागि प्रयास गर्नुपर्ने कुरा बताउनुभयो।
उहाँले वर्तमान विश्वको ढाँचा परिवर्तित हुनुका साथै विकासको ढाँचा पनि परिवर्तित हुँदैआएको बताउँदै थप्नुभयोः-‘मानव भाग्य समूदायका लागि शक्ति संकलन गर्न विभिन्न देशका पार्टीहरुले आपसी विश्वास,वैचारिक आदान-प्रदान र सहयोगलाई सबल पारेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा मतभेद थाती राखेर साझा धरातलको खोजी, आपसी सम्मान र सिकाइको नयाँ पार्टी सम्बन्ध निर्माण गर्नुका साथै बहुतरिका र बहुतहको अन्तर्राष्ट्रिय पार्टीगत आदान-प्रदान तथा सहयोग सञ्जाल निर्माण गर्नुपर्छ।’

आगामी पाँच वर्षमा सीपीसीले विभिन्न पार्टीलाई चीनमा वैचारिक आदान-प्रदान गर्न 15 हजार जनालाई मौका दिने भन्दै राष्ट्राध्यक्ष सीले व्यवस्थापकको रुपमा सीपीसी र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनको आयोजना गर्न सुझाव पनि दिनुभयो।
चार दिने सीपीसी र विश्व राजनीतिक दलहरूबीचको वार्ता सम्मेलनको मुख्य विषयवस्तु “मानव भाग्य समुदाय तथा सुन्दर विश्वको निर्माणः राजनैतिक दलहरुको जिम्मेवारी” भन्ने रहेको छ। लगभग १ सय २० देशका ३ सय राजनैतिक दल र संस्थाका करिब छ सय नेता गण उक्त सम्मेलनमा सहभागी भएका छन्।
