राष्ट्राध्यक्ष सीद्वारा दक्षिण कोरियाका राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग भेटवार्ता

ram naam satya
(GMT+08:00) 2017-11-12 14:37:54

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो नोभेम्बर एघार तारिख भियतनामको डा नाङ शहरमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री शिन्जो आबेसँग भेटवार्ता गर्नुभएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए इनसँग भेट गर्दै राष्ट्राध्यक्ष सीले चीन-दक्षिण कोरिया प्राकृतिक छिमेकी र सहयोगी साझेदारी रहेको भन्दै असल चीन-दक्षिण कोरिया सम्बन्ध ऐतिहासिक र युगको प्रवृत्तिसँग अनुकूल रहनुका साथै दुई देशका जनताको साझा इच्छा पनि रहेको औँल्याउनुभयो। चीनले दक्षिण कोरियासँगको सम्बन्धमा ध्यान दिनुका साथै दक्षिण कोरियासँग मिलेर दुई देशबीचको सम्बन्धको स्वस्थ तथा स्थिर विकास गर्ने इच्छा रहेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

राष्ट्रपति मून जाए इनले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको सफलतासँगै महासचिवमा सी चिन फिङ पुनःनियुक्त हुनु भएकोमा बधाइ ज्ञापन दिँदै उन्नाइसौँ महाधिवेशनमा सी चिन फिङले उठाउनुभएको मानव भाग्य समूदायको समर्थन दिएको बताउनुभयो। दक्षिण कोरियाले थाड समस्यामा चीनको नजरमाथि ध्यान दिएर चीनको रणनीतिक सुरक्षा अधिकारलाई हानि नपार्ने पनि उहाँले उल्लेख गर्नुभयो।

जापानका प्रधानमन्त्री शिन्चो आबेसँग भेट गर्दै राष्ट्राध्यक्ष सीले यस वर्ष चीन-जापान दौत्य सम्बन्ध स्थापना भएको 45 औँ वार्षिकोत्सव र आगामी वर्ष चीन-जापान शान्तिपूर्ण मैत्रीपूर्ण सन्धि स्थापना भएको चालीसौँ वार्षिकोत्सव रहेको स्मरण गराउँदै दुवै पक्षले दुई देशका जनताको हितको आधारमा शान्तिपूर्ण, मैत्रीपूर्ण, सहयोगी प्रवृत्ति कायम राखेर चीन-जापान सम्बन्धको सुधार गर्ने बताउनुभयो। उहाँले दुई देशको सम्बन्ध सुधार्न आपसी विश्वासलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै रचनात्मक उपाय लिएर दुई देशसमक्ष देखिएको मतभेदको नियन्त्रण गर्नुपर्ने कुरा दोहोर्‍याउनुभयो।

जापानी प्रधानमन्त्री शिन्चो आबेले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको सफलतापछि महासचिवमा सी चिन फिङ पुनःनियुक्त हुनु भएकोमा बधाइ दिँदै जापानले चीनसँग मिलेर जापान-चीन शान्तिपूर्ण र मैत्रीपूर्ण सन्धि स्थापना भएको चालीसौँ वार्षिकोत्सवको सुअवसरमा दुई देशबीच रणनीतिक आपसी सहुलियत सम्बन्धको अरु विकासका लागि प्रबर्द्धन गर्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *