राष्ट्राध्यक्ष सीद्बारा अमेरिकी विद्यार्थीलाई जवाफी पत्रमार्फत “मैत्रीपूर्ण भविष्य”का लागि हौसला प्रदान

ram naam satya

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अमेरिकी इलिनोइस राज्यको नाइस नर्थ हाइ स्कुलका चिनियाँ भाषा कक्षाका ४० जनाभन्दा बढी विद्यार्थीहरूलाई जवाफी पत्र उठाउँदै उनीहरूले पठाएको पत्रमा सोधिएका प्रश्नको जवाफ दिनुका साथै चीन र अमेरिका दुवै देशका जनता बीचको मित्रतालाई प्रबर्द्धन गर्नका लागि योगदान गर्दै जान विद्यार्थीहरूलाई प्रेरणा दिनुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले निष्ठापूर्वक ती अमेरिकी विद्यार्थीहरूले सोधेका विभिन्न प्रश्नको जवाफ दिनुका साथै एकजना साथी जस्तै सदिच्छापूर्वक व्यवहार गर्नुभएको छ। उहाँले आफ्नो पत्रमा चीनका राष्ट्राध्यक्षको दैनिक कार्य, जीवन र आफ्नो व्यक्ति बानीबारे पनि जानकारी दिनुभएको छ।

चीन र अमेरिका बीचको दौत्य सम्बन्ध कायम भएको ४० वर्षदेखि दुवै देशबीच शिक्षा, विज्ञान-प्रविधि, संस्कृति, स्वास्थ्य र स्थानीय आदि क्षेत्रको आपसी आदान-प्रदान विस्तृत र गहन रुपमा हुँदै आएको देखिन्छ।

आफ्नो पत्रको अन्त्यमा राष्ट्राध्यक्ष सीले “सैयौं पटक सुने तापनि आफ्ना आँखाद्बारा हेर्नुपर्छ र अवसर मिलेको खण्डमा तपाईंहरूले चीनको अवलोकन गर्नुहोस्”भन्दै निमन्त्रणा पनि गर्नु भएको छ। वास्तवमा चीनबारे जानकारी लिने मनसाय लिएका र चीन-अमेरिका आपसी समझदारी र पारस्परिक विश्वासलाई सबल पार्नका लागि योगदान गर्न इच्छुक रहेका व्यक्तिहरूको चीनले निकै स्वागत गर्ने गर्दछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *