राष्ट्रपति विद्या देवी भण्डारी र केन्द्रिय राजनैतिक व्यूरोका सदस्य चाउ ल ची बीच भेटवार्ता

ram naam satya

सिन्व्हा समाचार समितिका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय राजनैतिक व्यूरोका सदस्य चाउ ल चीले हिजो २९ तारिख चीनको त्याउ यु थाई राष्ट्रिय अतिथि भवनमा नेपालका राष्ट्रपति विद्या देवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ।

चाउ ल चीले नेपालका राष्ट्रपति विद्या देवी भण्डारीलाई दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च र सन् २०१९ पैचिङ विश्व बागवानी एक्सपोको उद्घाटन समारोहमा सहभागी हुनुभएकोमा स्वागत व्यक्त गर्दै चीनले बेल्ट एण्ड रोड सहकार्यअन्तर्गत चीन र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई सबल पार्ने आशा व्यक्त गर्नुभएको छ।

भेटमा भण्डारीले चीनका राष्ट्राध्यक्ष सी चीन फिङले प्रस्तुत गर्नुभएको बेल्ट एण्ड रोड विश्व विकासका लागि एकदमै राम्रो प्रस्ताव भएको भन्दै यस पटकको मञ्च सफल बनाउन गरेको प्रयासको सराहना गर्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *