रसुवागढी नाकामा एउटै भवनबाट धेरै सुविधा

ram naam satya
रसुवागढी सीमा नाकामा शुक्रबारदेखि एकीकृत चेकपोष्ट सञ्चालनमा आएको छ। सीमामा निर्माण गरिएको प्रिफ्याब भवनमा अध्यामगन, भन्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेस्क रहनेछन्। प्रमुख जिल्ला अधिकारी (सिडिओ) चोमेन्द्र न्यौपानेले भन्सार दिवसको अवसरमा शुक्रबार एकीकृत चेकपोष्टको उद्घाटन गर्नुभयो।

रसुवागढीस्थित सुरक्षा चेकपोष्ट, भन्सार र अध्यामगन कार्यालय २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएको थियो। भूकम्प गएको झन्डै तीन वर्षपछिपछि भन्सार सुधार कार्यक्रमको बजेटमा नाकामा चेकपोष्ट स्थापना गरिएको नेपालखबर अनलाइनले जनाएको छ।

‘अब नाकामै सबै विवरण संकलन, विश्लेषण र आदान प्रदान गर्न सकिने भएको छ’, न्यौपानेले भन्नुभयो।

एकीकृत चेकपोष्ट स्थापना हुँदा त्यसले नाकाबाट हुने चोरी निकासी रोक्न सहयोग पुर्याउने उहाँले बताउनुभयो। रसुवागढी अन्तर्राष्ट्रिय सीमा नाका स्तर उन्नतिका लागि पूर्वाधार निर्माणका काम समयमै पूरा गर्नुपर्ने उहाँको भनाइ थियो। सीमा रहनुपर्ने सरकारी निकायहरु हाल नाकाभन्दा दुई किलोमिटर वर टिमुरेबाट कार्य सम्पादन गर्दै आएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *