रसुवागढीमा एकीकृत चेकपोस्ट

ram naam satya
नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ रहेको रसुवागढी सीमामा शुक्रबारदेखि एकीकृत चेकपोस्ट सञ्चालनमा आएको छ। प्रिफयाब भवन निर्माण भएपछि चेकपोस्ट संचालनमा आएको हो। सीमामा रहेका सुरक्षा चेकपोस्ट, भन्सार र अध्यागमन कार्यालयमा भूकम्पले क्षति गरेको कान्तिपुर अनलाइनले लेखेको छ।

भूकम्प गएको ३२ महिनापछि भन्सार सुधार कार्यक्रमअन्तर्गत १ करोड ७ लाखको लागतमा ३ कोठे प्रिफयाब भवन निर्माण गरिएको हो। ६६ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबारदेखि उक्त भवनमा एकीकृत चेकपोस्ट सञ्चालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले एकीकृत चेकपोस्टको उद्घाटन गरेका हुन्। निर्माण गरिएको एकीकृत चेकपोस्टमा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘एक–एक वटा कोठामा अध्यागमन, भन्सार र सुरक्षा निकायका नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन्।’ नाका प्रवेश गर्ने बित्तिकै अध्यागमन र भन्सार कार्यालय हुनुपर्छ। सीमामा एकीकृत चेकपोस्ट सञ्चालन भएसँगै भन्सार तथा अध्यागमन कार्यालय खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *