रसुवागढीबाट चीन प्रवेशका लागि मल्टिइन्ट्री भिसा प्रक्रिया अन्योलमा

ram naam satya
(GMT+08:00) 2017-12-08 18:12:32

रसुवागढी नाकाबाट चीन प्रवेशका लागि प्रक्रिया सुरु गरिएको मल्टिइन्ट्री भिसा अन्योलमा परेको छ। नेपाल र चीनबीच भिसा प्रक्रिया विवादका कारण १८ महिनादेखि प्रक्रिया अगाडि बढ्न नसकेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ।

भिसाका लागि आवेदन दिएको १८ महिना बित्दा समेत भिसा प्राप्त हुन नसकेपछि सरोकारवामला चिन्तित भएका छन्। आवेदन दिएको झण्डै डेढ वर्ष पुग्न लाग्दासमेत कसैले पनि भिसा प्राप्त गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

त्यसको फाइल हाल ६ महिनादेखि परराष्ट्र मन्त्रालयमा थन्किएर बसेको छ। यो भिसाका लागि रसुवा प्रशासनले दुई सय ४१ थान आवेदन दर्ता गरी गत वर्षको भदौमा सिफारिससहित गृह मन्त्रालय पठाएको थियो।

फाइल परराष्ट्रमै छ। भिसाको प्रक्रिया हालसम्म नटुंगिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो। ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय ४१ थान आवेदन दर्ता गरी भिसाका लागि गृहमन्त्रालय पठाइएकोमा गृह र परराष्ट्र मन्त्रालयको प्रक्रिया पूरा गरेर हाल फाइल परराष्ट्र मन्त्रालयमा थन्किएको प्रजिअ न्यौपानेले बताउनुभयो। परराष्ट्र मन्त्रालयमार्फत चीनको अध्यागमन पुगेपछि मात्र भिसा प्रक्रिया सुरु हुनेमा हाल नेपाल र चिनियाँ अधिकारीबीचकै विवादका कारण प्रक्रिया रोकिएको जनाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *