यो साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

ram naam satya
यो साता विश्व बैंकले एउटा प्रतिवेदन सार्वजनिक गर्दै सन् 2018 मा दक्षिण एशिया क्षेत्रको आर्थिक वृद्धि दर 6.9 प्रतिशत हुने अनुमान गरेको छ। विश्व व्यापार पुनरुत्थानको कारणले गर्दा भारत 2018-2019 तथा 2019-2020 आर्थिक वर्षमा अर्थतन्त्रमा क्रमशः 7.3 र 7.5 प्रतिशतले वृद्धि हुने, 2018-2019 आर्थिक वर्षमा पाकिस्तानको आर्थिक वृद्धि दर 5.8 प्रतिशत हुने, बङ्गलादेशको आर्थिक वृद्धि दर 6.7 प्रतिशत हुने र श्रीलंकाको आर्थिक वृद्धि दर 5 प्रतिशत हुने उक्त प्रतिवेदनमा उल्लेख छ।

नेपालको मन्त्री परिषद्को जनवरी सत्र तारिख सातवटा प्रदेशका प्रमुख र अस्थायी राजधानी तोकेको छ। बैठकले बिराटनगर, जनकपूर, हेटौँडा, पोखरा, रुपनदेही,सुर्खेत र धनगडीलाई क्रमशः सातवटा प्रदेशो अस्थायी राजधानी तोकेको हो।

चौध तारिखको समाचार अनुसार, नेपालको मध्य पश्चिम क्षेत्रमा पर्ने जुनिचाँदे गाउँमा बिगत तीन सातायता भाइरस फ्लुका कारणले 14 जनाको मृत्यु भएको छ। हालै नेपाल सरकारले स्वास्थ्य विभागका चिकित्साहरुलाई त्यो गाउँमा पठाएर फ्लु फैलावट नियन्त्रणमा आएको छ।

बङ्गलादेशको विदेशी मन्त्रालयले जनवरी सोह्र तारिख एउटा विज्ञप्ति सार्वजनिक गर्दै बङ्गलादेश र म्यामारले छलफल गरी दुई वर्षमा होहिङया शरणार्थीको समस्यामा सहमति गरेका छन्। सहमति अनुसार बङ्गलादेश र म्यामारले तोकेको क्षेत्रमा बसोबास गराउने योजना अनुसार, म्यामारले अस्थायी आवास प्रदान गरेर चाँडै घर निर्माण गरी रोहिङया शरणार्थीलाई बसोबास गराउने र म्यामारका नागरिकलाई फेरि बङ्गलादेशमा फर्कन रोक्न म्यामार सरकारले प्रतिवद्धता व्यक्त गरेको छ।

भारतका स्थानीय सञ्चारमाध्यमका अनुसार, सन् 2017 मा भारत भ्रमण गर्ने विदेशी पर्यटकको संख्या एक करोडभन्दा बढी पुगेर गत वर्षको 88 लाख भन्दा निकैले वृद्धि भई अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ। पर्यटनबाट भारतले 27अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। भारत पर्यटन व्यूरोका प्रमुख केजे अलफोन्सले पर्यटन व्यवसायले सिर्जना गरेको रोजगारीको संख्याको दर 12 प्रतिशत रहेको र सन् 2018 मा यो अझै बढ्ने बताउनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *