यो साताका दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

ram naam satya
(GMT+08:00) 2017-12-09 16:13:25

डिसेम्बर १ तारिख दिउँसो शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको शिखर समितिको सोह्रौं अधिवेशन सोचीमा आयोजना भयो। चीनका प्रधानमन्त्री ली ख छ्याङ, रुसका प्रधानमन्त्री दिमिट्री मेदभेदेभ, पाकिस्तानका प्रधानमन्त्री अबासी लगायत नेताहरु सो अधिवेशनमा सहभागी हुनुभयो। उहाँहरुले क्षेत्रीय स्थिरताको संरक्षण गर्नु तथा आर्थिक विकासलाई अघि बढाउनु शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको साझा हितसँग अनुकूल रहेको विचार व्यक्त गर्नुभयो।

भारतीय काँग्रेसले डिसेम्बर ५ तारिख एउटा वक्तव्य प्रकाशित गर्दै लहुर कान्ति भारतीय काँग्रेसका नयाँ उम्मेदवार अध्यक्ष हुने तोकेको थियो। प्राप्त जानकारी अनुसार, भारतीय कांग्रेसले डिसेम्बर ११ तारिख लहुर कान्तिलाई सो पार्टीका नयाँ अध्यक्षको पदमा नियुक्त गर्नेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले डिसेम्बर ६ तारिख घोषण गरे अनुसार, चीन, रुस तथा भारतका परराष्ट्र मन्त्री बीचको भेट-वार्ता डिसेम्बर ११ तारिख भारतको नयाँ दिल्लीमा आयोजना हुनेछ। चीनका परराष्ट्र मन्त्री वाङ यी सो भेट-वार्तामा सहभागी हुनुहुनेछ।

भारतको केन्द्रीय बैंकले डिसेम्बर ६ तारिख मुद्रा नीति विषयक सम्मेलनको आयोजना गरेपछि आधारभूत व्याज दरलाई ६ प्रतिशतको स्तरमा निरन्तर कायम राख्ने घोषणा गरेको छ। विश्लेषकका अनुसार,स्थिर आर्थिक बृद्धि तथा मुद्रास्फितिको नियन्त्रणका लागि भारतको केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।

डिसेम्बर ७ तारिख चीनको पश्चिमी भागमा रहेको युद्ध क्षेत्रको स्टाफ अन्तर्गत युद्ध व्यूरोका उप-प्रमुख चाङ श्वै लीले भारतको मानवरहित एयरक्राफ्ट चीनको वायु क्षेत्रमा प्रवेश गरी खसेको कुराबारे प्रतिक्रिया व्यक्त गर्नुभयो। चाङ श्वै लीले भारतको उक्त गतिबिधिले चीनको प्रादेशिक सार्वभौमिक्तामाथि गम्भिरताका साथ उल्लंघन भएको भन्दै यस कुराप्रति चीनले कडाइका साथ असन्तोष तथा विरोध गरेका भन्दै चीनले जिम्मेवारी लिएर राष्ट्रको सार्वभौमिक्ताको सुरक्षाको दृढताका साथ संरक्षण गर्ने कुरा बताउनुभयो।

डिसेम्बर ३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी तथा विश्वका पार्टीहरुका उच्च तह बीचको वार्ता सम्मेलन सम्पन्न भयो। यस वार्तामा सहभागी हुनुभएका नेपाली काँग्रेसको केन्द्रीय समितिकी सदस्य तथा नेपालकी पूर्व उप-प्रधानमन्त्री सुजाता कोइरालाले यस पटकको वार्ता सम्मेलन निकै महत्वपूर्ण रहेको भन्दै नेपालले चीनको नीति राम्रोसँग बुझेपछि मात्रै चीनसँगै मिलेर सँयुक्त विकास तथा समृद्धि हुनसक्ने बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *