

हरेक हप्ताको शुक्रबार सिन च्याङ आक्सु क्षेत्रको खुछ जिल्लाको छिमान बस्ती अन्तर्गत योङ खु एकता गाउँको “बाजा” अर्थात् थोक बजार खुला हुने दिन हो।
बिहानैदेखि त्यस गाउँ र वरिपरि गाउँका किसानहरू बजारमा गएर आ-आफ्नो घरबाट उत्पादित फलफूल, साग, अण्डा, कुखुरा, हाँस, गोरु र खसीको मासु तथा केही हस्तकला वस्तु बिक्री गर्ने गर्दछन्।

“बाजा” को युगुर भाषामा थोक बजारको अर्थ रहेको छ। बाजामा बिक्री गरिने मालसामानहरू बासिन्दाका लागि दैनिक जीवनमा आवश्यक विभिन्न खालका वस्तुहरू हुने गर्दछ। त्यसै कारण स्थानीय बासिन्दाका लागि बाजा निकै सुविधाजनक र लोकप्रिय छ।



