यार्सागुम्बा टिप्ने सिजन सुरू

ram naam satya

मनाङमा वैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्नको लागि सिजन सुरु भएको छ। जिल्लाका विभिन्न लेकहरूमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि स्थानीय तथा बाहिरी जिल्लाका मानिसहरू यार्सागुम्बा टिप्न मनाङ आउन थालेका छन्।

जिल्लाको विभिन्नलेकमध्ये राम्रो यार्सागुम्बा पाउने नाम्के लेकमा यस वर्षकै पहिलो सिजनमा यार्सागुम्बा टिप्नको लागि पुर्जी जारी गरी यार्सागुम्बा टिप्ने क्रम सुरु भएको छ ।

यस वर्ष पहिलोपटक अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिले ताचै जगरछाप र नार गाउँमा पर्ने नम्के खर्कमा यार्सागुम्बा संकलनको लागि पुर्जी सोमबारबाट जारी हुने गरी खुला गरेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले जानकारी दिनुभयो।

वैशाख १६ गतेबाट पुर्जी काटेर नाम्केलेकमा यार्सागुम्बा टिप्नको लागि कतिपय हिँडिसकेको र कतिपय जाने क्रममा रहेको उक्त खर्कमा यार्सा संकलनको लागि टेन्डर पाएका मेघबहादुर विश्वकर्माले बताउनुभयो।

यस वर्ष पहिलोपटक यार्सागुम्बा संकलनको लागि पुर्जी खुला गरिएको नाम्के लेकमा यार्सागुम्बा टिप्नको लागि ३६ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको बिकले बताउनुभयो।

मनाङको उत्तरी क्षेत्रमा पर्ने नाम्के लेक पुग्न सदरमुकाम चामेबाट एक दिन पूरै लाग्ने र यस लेकको उचाई ४३०० मिटर रहेको छ। सदरमुकामबाट यस लेकको दूरी १३ किलोमिटर रहेको छ।

मनाङमा १३ वटा गाउँमा ३६ भन्दा बढी यार्सागुम्बा पाइने खर्कहरू तोकिएका कारोबार अनलाइनले जनाएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *