यस हप्ताका दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

ram naam satya
वितेको एक हप्तामा चीन र दक्षिण एशियाका मुलुकहरुबीच धेरै आदान-प्रदान भएको छ। डिसेम्बर २२ तारिख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको राज्य परिषद्का सदस्य याङ चे छसँग भेट-वार्ता गर्नुभयो। यस अवसरमा याङ चे छले भारतसँगै मिलेर एशिया तथा विश्वका स्थिरता तथा समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याउन चीन इच्छुक रहेको कुरा बताउनुभयो। मोदीले दुइ देश बीचको सम्बन्धको स्वस्थ तथा स्थिर विकास यस क्षेत्र तथा विश्वको स्थिरता तथा विकासका लागि हितकर हुने बताउनुभयो।

अब पैचिङतिर हेरौं। डिसेम्बर २६ तारिख पहिलो चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता पैचिङमा आयोजित भयो। यस पटकको वार्तामा तीन मुलुकका विदेश मन्त्रीले “आपसी राजनीतिक विश्वास तथा मेलमिलाप”,”विकास,सहयोग तथा सम्पर्क”,”सुरक्षा सहयोग तथा आतंकवादको प्रतिरोध”लगायत तीन विषयबारे वैचारिक आदान प्रदान गरी कतिपय मतैक्यता हासिल गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीन,अफगानिस्तान र पाकिस्तान एक अर्काका लागि महत्वपूर्ण छिमेकी मुलुक भएको बताउँदै आपसी आदान-प्रदान तथा सहयोगलाई गहन पार्नु नै तीन मुलुकको साझा अभिलाषा तथा हित अनुकूल रहेको विचार व्यक्त गर्नुभयो।

डिसेम्बर २७ तारिख पैचिङ, चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले नियमित पत्रकार सम्मेलनमा चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता सम्मेलनमा धेरै महत्वपूर्ण मतैक्यता भएको भन्दै यो वार्ता सम्मेलन अरु देश अथवा शक्तिको हस्तक्षेपमा नभएको दावी गर्नुभयो।

डिसेम्बर २७ तारिख पाकिस्तान, त्यहाँको ई-३५ नामक एक्सप्रेस राजमार्गको पहिलो तथा दोस्रो भाग हारिपुरमा उद्घाटन समारोहको आयोजना भयो। जसबाट चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनाले पाकिस्तानको मुख्य यातायात लाइन निर्माण गर्न,चीनसँगको सम्पर्क तथा आदान-प्रदानलाई सबल पार्न तथा यस क्षेत्रको आर्थिक स्तरलाई माथि उकास्नका लागि एउटा महत्वपूर्ण पाइला चालेको देखिन्छ। ६० किलोमिटर लामो ई-३५ इक्सप्रेस राजमार्ग पाकिस्तानको उत्तर-पश्चिमी भागमा रहेको छ। जून पाकिस्तानको राष्ट्रिय व्यापारिक करिडोरको एउटा भाग हो।

डिसेम्बर २७ तारिख पैचिङ, चीनको केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष श्वी छि ल्याङले पा यी भवनमा अफगानिस्तानका रक्षा मन्त्री तारिक शाह बाहरामीसँग भेट-वार्ता गर्नुभयो। उहाँले चीन र अफगानिस्तान असल तथा घनिष्ठ छिमेकी मुलुक र आपसी परम्परागत मित्रता गहन रहेको भन्दै विभिन्न क्षेत्रमा रहेका आदान-प्रदान तथा सहयोग फलदायी बनेको कुरा बताउनुभयो।

डिसेम्बर २८ तारिख काठमाडौँ, साइनो-नेपाल मिडिया सोसाइटीले आयोजना गरेको “बेल्ट एण्ड रोड नेपालमा प्रवेश—नेपाल चीन चिकित्सा आदान-प्रदान परियोजना”औपचरिक रुपमा शुरु भयो। चीनको थुङ चि विश्वविद्यालय अन्तर्गत दशौं जन अस्पतालका चिकित्सा प्रतिनिधि मण्डल नेपालको चार दिने भ्रमणमा छ। नेपालको भ्रमणमा चिनियाँ चिकित्सा प्रतिनिधि मण्डलले नेपाललाई चिनियाँ पाँच लाख चिनियाँ युआनको एउटा चिकित्सा उपकरण चन्दा दिनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *