यस वर्षको तीन महिनामै नेपालको व्यापार घाटा उच्च विन्दुमा

ram naam satya
(GMT+08:00) 2017-11-17 14:25:07

दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीहरूको आयात उच्च रहेपछि चालु आर्थिक वर्षको तीन महिनामै व्यापार घाटा २ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तीन महिनाको तुलनामा १९ प्रतिशतले वृद्धि भई व्यापार घाटा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो। गत वर्ष यही अवधिमा २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ व्यापार घाटा भएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार साउन, भदौ र असोज महिनामा मात्रै २ खर्ब ६० अर्ब २० करोड रुपैयाँका सामग्री आयात भए। यो गत आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले बढी हो। निर्यात भने गत वर्षको तुलनामा ८ प्रतिशत मात्रै छ।

कान्तिपुर अनलाइनका अनुसार यो वर्षको आगामी महिनाहरूमा पनि यही अनुपातमा आयात भइरहे चालु वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँभन्दा बढी हुनेछ। यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ।

गत वर्ष साढे ३० प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो। स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो।

विगत वर्षहरू झैं चालु वर्षको तीन महिनामा सबैभन्दा बढी व्यापार घाटा भएको मुलुकमा पहिलो भारत र दोस्रोमा चीन छ। तेस्रो र चौथोमा क्रमश: अर्जेन्टिना र भियतनाम छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *