


नेपालको निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ। नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल खबर अनलाइनले लेखेको छ।व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यले यतीले नयाँ जहाज थपेको हो। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको छ। यो लक्ष्य हासिल गर्न थपिएका जहाजले सहयोग पुग्ने यति एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताउनुभयो।
कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महीनाभित्रै काठमाडौँ आइसक्ने जानकारी उहाँले दिनुभयो। नयाँ एटीआर एक फ्रान्सेली इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्विन इञ्जिन टर्बोप्रोप विमान हो।

सन् १९९८ देखि उडान सेवा सुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम जहाज र भगिनी संस्था तारा एअरको दुई वटा डोर्निओर डीओ २२८ र चार वटा ट्विनअर्टर जहाज छन्।
