म्यूनिख सुरक्षा सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिवको आग्रह

ram naam satya

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले वर्तमान विश्वसमक्ष कोरियाली प्रायद्वीपको आणविक समस्या, मध्य पूर्वको अलमल परिस्थिति र इन्टर्नेट सुरक्षा जोखिम आदि चुनौतिको अन्तर्राष्ट्रिय समूहले एकताबद्ध भएर संयुक्त रुपमा सामना गर्नुपर्ने दोहोर्‍याउनुभएको छ।

हिजो फेब्रुअरी सोह्र तारिख म्यूनिखमा आयोजित 54 औँ म्यूनिख सुरक्षा सम्मेलनमा गुटेरेसले सम्बोधन गर्दा उक्त कुरा बताउनुभएको हो। सो अवसरमा उहाँले जलवायु परिवर्तन, असमानता र शरणार्थी समस्याबारे पनि चर्चा गरेर विश्वव्यापी समस्याको समाधान गर्न विश्वले मिलेर मात्रै संभव हुने विचार व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय समूहले यस अघिका कुनै पनि समयभन्दा बहु-पक्षीयताको बढी चाहेको र विभिन्न मुलुकले एकताबद्ध भएर चुनौतिको संयुक्त रुपमा सामना गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

यही सोह्र तारिखदेखि अठार तारिखसम्म म्यूनिख सुरक्षा सम्मेलन आयोजना हुँदैछ। संयुक्त राष्ट्र संघका महासचिव, नाटोका महासचिव, युरोप लिग समितिका अध्यक्षलगायत पाँच सय जना व्यक्ति सो सम्मेलनमा सहभागी हुनुहुन्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *