

(GMT+08:00) 2017-11-24 18:30:39
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले म्यामार र बंगलादेशले वार्ता र सल्लाह गरी म्यान्मारको राखिने राज्यको समस्याको उचित रुपमा समाधान गर्ने कुरामा चीनले समर्थन दिइरहेको र त्यसको लागि रचनात्मक भूमिका निर्वाह गर्ने इच्छा चीनले लिएको बताउनुभयो।
आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। नोभेम्बर तेइस तारिख म्यामार र बंग्लादेशले राखिने राज्यका आबासविहिन व्यक्तिलाई डिपोट गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। बंग्लादेश सरकारले आफू र म्यामारले दुई महिनाभित्र सम्बन्धित कार्य सुरु गर्ने कुरामा स्वीकार गरेको प्रकाशित वक्तव्यमा उल्लेख छ।
