मे 4 आन्दोलनको शतवार्षिकीप्रति राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना

ram naam satya

चीनको”मे 4 युवा उत्सव” मनाउनका लागि आज तीस तारिख पैचिङ्गमा भव्यताका साथ शतवार्षिकी समारोहको आयोजना गरिएको छ। चीनका सर्वोच्च नेता सी चिनफिङले भाषण दिँदै समकालीन युवासँग राष्ट्रिय तथा मानवीय हेरविचारको भावना हुनुपर्ने भन्दै जनगणतन्त्र चीनको”चार समुद्र एउटै घर र संसार पूरै जनताको”भन्ने भावनालाई प्रचारप्रसार गर्न प्रोत्साहन गर्नुभयो।

सन्1919 मे महिनाको 4 तारिख पेरिस शान्ति बैठकमा चीनको पै याङ्ग सरकारको कूटनीतिक कमजोरी सामु केही उन्नत युवा बौद्धिकहरुले पूरै देशमा सामाजिक क्रान्ति गरेका थिए। यस आन्दोलनबाट मार्क्सवाद चीनमै प्रचारप्रसार गर्न थालिएको देखिन्छ। राष्ट्राध्यक्ष सीको विचारमा मे 4 आन्दोलनले चीनमा एक महान सामाजिक क्रान्ति,महान विचारको प्रवुद्ध आन्दोलन र नयाँ संस्कृतिको आन्दोलन गराउनुका साथै जनगणतन्त्र चीनद्वारा राष्ट्रिय पुनरुत्थानलाई व्यवहारमा उतार्न शुरुवात गरेको थियो। यस मे 4 आन्दोलनदेखि हालसम्मको एक सय वर्षयता पुस्तौं पुस्ता चिनियाँ युवाहरुले आ-आफ्ना शक्तिशाली भावनाले चीनको निर्माण गर्दै आएका छन्। वास्ताविक गतिविधिबाट प्रमाणित छ भने चिनियाँ युवा नै ठूलो कल्पना,गहन राष्ट्रिय भावना,महान रचनात्मक शक्तिसहित युवा हो भने सधैं नै जन गुणतन्त्र चीनको महान पुनरुत्थानको पायनियर शक्ति हो।

हाल केही दिन”म चीनमा बनेको” अंग्रेजी वाक्य चीनको सामाजिक सञ्जालमा लोकप्रिय देखिन्छ। यस वाक्य चिनियाँ प्रसिद्ध टेबल टेनिस खेलाडी मा लङले हंगेरीमा विश्व टेबल टेनिस च्याम्पियनसिपको पुरुष एकल प्रतियोगिताको च्याम्पियन पाउँदै उक्त कुरा बताएका हुन्। जसबाट समस्त चिनियाँ युवाहरुको हार्दिक प्रतिक्रिया पाएको देखिन्छ। समस्त इन्टर्नेट प्रयोगकर्ताहरुले यस वाक्यमार्फत मे 4 आन्दोलनप्रति सम्मान दिएका छन्।

राष्ट्राध्यक्ष सीले चिनियाँ युवा सम्बन्धी काममा निकै जोड दिनुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न स्तरीय समिति,चीन सरकार र पूरै समाजलाई युवाहरुका लागि निर्देशकीय भूमिका सिर्जना गर्न आग्रह गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *