“मे एक”दिवसमा चिनियाँ नागरिकको हट सेवायुक्त उपभोग्य विषय

ram naam satya

यस वर्ष चीनको”मे एक” श्रम दिवस पहिलेको तीन दिनबाट चार दिनसम्म बढाइएको छ। जसबाट स्वदेशी नागरिकको यात्रा इच्छालाई प्रोत्साहन गरिएको देखिन्छ। हट पर्यटन बजारबाहेक संस्कृति,मनोरञ्जन,शिक्षा आदि सेवायुक्त उपभोग्य पनि लोकप्रिय देखिन्छ।

यस वर्षको मे एक श्रम दिवस बुधबार हो भन्ने विशेष अवस्थामा चीनको राज्य परिषदले सामाजिक चासो र नागरिकको माग मिल्नका लागि यस दिवसको समयलाई सुव्यवस्थापन गर्दै मे एकदेखि चार तारिखसम्म गरी चार दिने दिवस निर्धारित गरेको छ। विदा समय लामो बनेका कारण धेरैजसो नागरिकले अनेकन विभिन्न उपभोग्य योजना बनाएका छन्।

लामो समययता मे एक श्रम दिवस चिनियाँहरुको हट पर्यटन अवधि हो। सम्बन्धित प्रतिवेदनका अनुसार यस वर्षको मे एक श्रम दिवसमा चीनमा लगभग 16 करोडभन्दा बढी नागरिकले पर्यटन गर्ने छ। क्वाङ्ग चौ शहर यस दिवसको सबभन्दा हट पर्यटकीय स्थल बनेको छ। त्यसपछि पैचिङ्ग,सु चौ,शनचन,शाङ्हाइ,हाङ्ग चौ,नान चिनङ्ग,छङ्ग तु,थ्यानचिन्,सिआन शहर पनि लोकप्रिय स्थानमा राखिएका छन्। पर्यटकीय क्षेत्रको सम्बन्धमा हाङ्ग चौ शहरको वेस्ट लेक क्षेत्र यस दिवसको सबैभन्दा हट गन्तव्य बनेको छ। यसका अतिरिक्त मध्य तथा छोटो दूरीको स्वदेश यात्रा र वरिपरी क्षेत्रको यात्राले पनि धेरैजसो पर्यटकलाई आकर्षित गरेको देखिन्छ। उच्च गतिको रेल चढेर यात्रा गर्नु नै वर्तमान सबैभन्दा हट यात्रा हो।

हट स्वदेशी पर्यटन बजारबाहेक यस चार दिने दिवसले विदेशी पर्यटनलाई पनि प्रेरित गरेको देखिन्छ। सम्बन्धित प्रतिवेदनका अनुसार विदेशमा गएर यात्रा गर्ने चिनियाँ यात्रुको संख्या गत वर्षकोभन्दा 8प्रतिशतले बढेको छ। थाइल्याण्ड,जापान,सिँगापुर,भियतनाम,मलेसिया,इण्डोनेसिया आदि मुलुकहरु लोकप्रिय गन्तव्य बन्ने अनुमान गरिएको छ।

यस वर्षको मे एक श्रम दिवसको अवधिमा चीनका विभिन्न स्थलले रमाइलो साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेका छन्। थाहा भएअनुसार पैचिङ्ग शहरले विभिन्न जनसमूहको मागलाई पूरा गर्नका लागि एक सय किसिमको 304 वटा रमाइलो प्रदर्शनी देखाएको छ। उ हान शहरले आफ्नो नदी शहर लाइट शो कार्यक्रमलाई चौतर्फी उकास्दै याङ्ग से नदीको रात्री यात्रा सम्बन्धी विभिन्न किसिमका कार्यक्रम बनाएको छ।

सम्बन्धित संस्थाको पूर्वानुमानबमोजिम पर्यटनले खेलकूद,लोक गतिविधि,मिलिजुली वाणिज्य समूहको उपभोग्यलाई प्रवर्द्धन गर्नका लागि स्पष्ट भूमिका सिर्जना गरेको छ। विशेष गरी खानपान,किनमेल क्षेत्रको उपभोग्य पहिलेको सोही अवधिको तुलनामा स्पष्ट वृद्धि भएको देखिन्छ। चीनको सामाजिक तथा वैज्ञानिक प्रतिष्ठानअन्तर्गत पर्यटन अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता सुङ्ग रीका अनुसार यस वर्षको श्रम दिवसको समय सुव्यवस्थापनले दिवस अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गरेको देखिन्छ। उपभोग्यले वर्तमान अर्थतन्त्रका लागि 50प्रतिशतभन्दा बढीको योगदान सिर्जना गर्दछ। सेवायुक्त उपभोग्य पूरै नागरिक उपभोग्यमा 50प्रतिशत ओगटेको छ। किनमेलभन्दा फरक हो भने सेवायुक्त उपभोग्य केही समय लाग्ने कुरा हो। त्यसैले धेरै समय छ भने सेवायुक्त उपभोगले भित्री चाहनालाई प्रवर्द्धन गर्न आवश्यक छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *