“मे एक”दिवसद्वारा उपभोगको प्रवर्द्धन

ram naam satya

भर्खरै सम्पन्न”मे एक”दिवसमा चिनियाँहरुको प्रचण्ड पर्यटकीय शक्तिले उपभोगको संचिति शक्ति विकास गरेको देखिन्छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको मिलिजुली गणना बमोजिम चार दिने दिवसमा सारा देशले 19 करोड 50 लाख पर्यटक स्वागत गरेको छ भने गत वर्षको तुलनामा 13.7 प्रतिशतले बढेको छ। जम्मा गरी 1 खर्ब 17अर्ब 67 करोड चिनियाँ युआन आय भएको छ भने गत वर्षको तुलनामा 16.1प्रतिशतले बढेको छ।

गत अप्रिल 29 तारिख पैचिङ्ग सुरु भएको पैचिङ्ग विश्व बगैंचा एक्स्पोले धेरैजसो स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ। मे दुई तारिखका दिन यस एक्स्पोमा पुग्ने पर्यटकको संख्या एक लाख पुगेको छ भने चार दिने दिवसमा तीन लाख पर्यटकको स्वागत गरिएको छ।

चीनको उच्च गति रेल नेटवर्क झन झन बढी परिपूर्ण बन्दै गएको छ। यस दिवसमा उच्च गतिको रेल चढेर पर्यटन गर्नु नै निकै लोकप्रिय भएको देखिन्छ। साथै मे एक दिवसमा उच्च गतिका राजमार्ग सानो गाडीका लागि निःशुल्क भएको कारणले वरिपरी क्षेत्रको स्व-ड्राइभिंग यात्रालाई प्रवर्द्धन गरिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *