

चीनले सन 2012 मा केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा प्रस्ताव गरेपछि चीन र नेपालबीच रेलवे निर्माण गर्ने विषयमा चर्चा शुरु भएको हो। चीनले केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा बिस्तार गरेको विषय नेपाल र नेपालीको लागि अत्यन्तै महत्त्वपूर्ण हो। यद्यपि नेपालले बाह्य दबाबका कारण यसको स्वागत गर्न सकेन। यद्यपि, सन 2012 पछि चीन र नेपालकाे बीच एक भरपर्दाे बहुअायामिक सम्बन्ध जाेड्ने माध्यम रेलवे हुने कुरालाई सबैले स्वीकार गरेका छन्। जनस्तरबाट म अाफुले CRCC काे हेडक्वार्टरकाे भ्रमण गरेर केरुङ-काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माणका लागि अाैपचारिक रुपमा अनुरोध गरेको थिएँ। यसैगरी, सन 2014 मा नेपालस्थित चिनियाँ राजदूतावासका ईकाेनाेमिक एण्ड कमर्सियल सेक्सनका काउन्सिलरसँग भेटघाट/छलफल गरेर सबैभन्दा छाेटाे र भरपर्दो मार्गबारे सुझाव दिएको थिएँ। अहिले मेरो सुझावसँग ठ्याक्कै मिल्ने गरेर चिनियाँ प्राविधिक टाेलीले निर्क्याैल गरेको छ। यसकारण म शुरु देखि नै चिनियाँ रेलवे प्राेजेक्टसँग सम्बन्धित तथा जानकार छु।
बाह्य दबाब र हस्तक्षेपका कारण चिनियाँ रेलवे परियोजना लागू गर्न ढिलो भए पनि यसलाई राेक्न कसैले सक्नेछैन। कछुवाकाे गतिमा यसको प्रक्रिया अगाडि बढिरहनेछ।
चीन र नेपालबीच रेल सेवा सुरु भएमा यसले नेपाल र नेपालीको जीवनमा अामूल परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। नेपालकाे भारतप्रतिकाे परनिर्भरता समाप्त गर्नेछ। उपयुक्त बजार छनाैट गर्न नेपालीलाई थप सहज र स्वतन्त्रता प्रदान गर्नेछ। नेपालले बेहाेर्दै अाएकाे ब्यापार घाटा पूर्ति गर्न मद्दत पुग्नेछ। नेपाल र चीनबीच ब्यापारीक, अार्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक र ब्यवहारिक सम्बन्ध वृद्धि गर्न र समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। चीनको बाटाे भएर विश्वका हरेक राष्ट्र अावतजावत गर्न सहज र सुगम हुनेछ। नेपाल र चीनलाई नङ-मासुको सम्बन्धमा गाँस्नका लागि काेसेढँगा साबित हुनेछ।
सबैभन्दा बढी चीन भ्रमण गर्ने नेपाली मध्ये म एक नम्बरमा पर्छु। मेरो अाफ्नाे निजी प्रयासमा बारम्बार चीनको विभिन्नस्थान, कम्पनी र कार्यालयहरुकाे अध्ययन भ्रमण गरिरहेकाे छु। मेरो उद्देश्य नेपालमा चीनको सबै प्रकारको प्रभाव बढाउनु र नेपाल तथा चीनको सम्बन्ध एक परिवारकाे सम्बन्धमा रुपान्तरण गर्नु हो। मैले बारम्बार नेपाली तथा चिनियाँ नागरिकसँग रेलवे बिस्तारका विषयमा निरन्तर कुराकानी/छलफल गर्दै अाएकाे छु। दुवै देशका नागरिकको धारणा र चाहना समान भएको मैले पाएकाे छु। दुवै देशका नागरिक रेलवे परियोजना छिटोभन्दा छिटो सम्पन्न हाेअाेस् भन्ने पक्षमा छन्।

इण्डिया नेपाललाई अाफ्नाे नियन्त्रण बाहिर नजाअाेस भन्ने चाहन्छ। इण्डियाले राम्रोसँग बुझेको छ कि नेपाल र चीनबीचकाे सम्बन्ध राम्रो भएको अवस्थामा अहिले जसरी नेपालकाे प्राकृतिक श्राेतसाधनमाथि एकाधिकार जमाउन पाउने छैन। नेपालकाे जलश्राेत, जडिबुटी, खनिज अादिमाथिकाे इण्डियन माेनाेपाेली समाप्त हुनेछ।
इण्डियाले बर्षाैदेखि नेपाललाई थिचोमिचो गर्दै अाएकाे छ। जहिले पनि ठुलो दाईकाे भूमिकामा नेपाललाई हेपिरहेकाे छ। अस्थिर र अशान्त नेपालले इण्डियाकाे हित गर्छ र समृद्ध र शान्त नेपालबाट फाइदा लिन सकिदैन भन्ने इण्डियाकाे बुझाइ छ। यसैले उसले नेपाललाई अस्थिर र अशान्त बनाइराख्न पश्चिमा शक्तिकेन्द्रहरु सँग एकता गरिरहेको छ। नेपालमा चीनले अघि सारेको “वान वेल्ट वान राेड” परियोजना फेल गराउन सबैप्रकारकाे शक्ति प्रयोग गरिहेकाे छ। यसको पछिल्लो उदाहरण बुढी गण्डकी हाइड्रोपावर परियोजना हो। नेपालमा चीनलाई राेक्ने दुष्प्रयासकाे पछिल्लो सिकार बुढी गण्डकी परियोजना बनेको छ।
नेपालकाे जलश्राेत, जडिबुटी, खनिज अादि इण्डियाले उपयोग गर्न नपाउने हो भने इण्डिया छाेटाे समयमा विघटनकाे दिशातर्फ अघि बढ्ने निश्चित छ। नेपाली पानीबाट उसले अाफ्नाे जमिन सिंचाइ गरिरहेको छ।
इण्डियामा अहिलेपनि तीन करोड भन्दाबढी नागरिककाे घर छैन। जाे रेलवे स्टेसन, बसपार्क र सडकको पेटीमा जीवनयापन गरिरहेका छन्। तीन करोड भन्दा बढी असाध्य राेग (एचआईभी/एड्स, हेपाटाइटिस बी लगायतका घातक राेग) ले ग्रस्त नागरिक छन्। पचास प्रतिशत भन्दा बढीकाे शाैचालय छैन। दश करोड जाेगी, पुजारी, माैलाना (मुस्लिम धार्मिक गुरु) र पादरीहरु छन्। जाे राज्यको लागि अनुत्पादक शक्ति हो। एक करोड भन्दा बढी इण्डियनहरु नेपालमा बसाेबास, ब्यापार र राेजगारी गर्छन्।
यी सबै समस्याबाट ग्रस्त इण्डियाले नेपालकाे जलश्राेत, जडिबुटी, खनिज अादि उपयोग गर्न नपाउने हो र झन्डै साठी हजार गाेर्खाली सेना र नेपालमा बसाेबास गरेका एक करोड इण्डियन इण्डियन नेपालबाट फर्किने हो भने यसको अवस्था निकै भयावह हुनेछ। जसको कल्पना गर्दा मात्र पनि कहालीलाग्दो हुन्छ। त्यसैले पनि इण्डियाले नेपाल माथिको अाफ्नाे नियन्त्रण गुमाउन चाहँदैन। यद्यपि नेपालका देशभक्त नेपालीहरु चीनलाई विश्वमा सबैभन्दा भरपर्दाे र विश्वाशिलाे मित्रका रुपमा स्वीकार्छन्। र चीनसँग सबै प्रकारको सम्बन्ध स्थापना गरेर छिटोभन्दा छिटो हातेमालो गर्दै प्रगतिपथमा अगाडि बढ्नुपर्छ भन्ने चाहन्छन्।

नाेट: ग्लोबल टाईम्सलाई दिनुभएको अन्तर्वार्तामा अाधारित लेख।
