मेक्सिकोको दक्षिणी समुद्री क्षेत्रमा 7.2 रेक्टर स्केलको भूकम्प

ram naam satya

मेक्सिको राष्ट्रिय भूकम्प व्यूरोबाट प्राप्त जानकारीअनुसार, फेब्रुअरी 16 तारिख दिउँसो मेक्सिकोको वाक्साका राज्यको दक्षिणी समुद्री क्षेत्रमा 7.2 रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार राति साढे दश बजेसम्म दुइ सय 25 पटक स-साना धक्काको महशुस गरिएको छ। त्यसमध्ये सबैभन्दा गम्भीर धक्का 5.9 रेक्टर स्केलको छ।
मेक्सिकोको राजधानीमा पनि धक्का महशुस गरिएको छ। हालसम्म राजधानी मेक्सिको शहरमा हताहतको जानकारी प्राप्त भएको छैन। अहिले मेक्सिककोको नागरिक प्रतिरक्षा मन्त्रालयले जन-धनको क्षति अवस्थाबारे जाँचबुझ गरिरहेको छ। साथै सुनामीको प्रारम्भिक चेतावनी नदिएको समाचारमा उल्लेख छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *