मुम्बईमा दोस्रो भारतीय विश्व बजार प्रदर्शनी

मुम्बईमा दोस्रो भारतीय विश्व बजार प्रदर्शनी

ram naam satya
दोस्रो भारतीय विश्व बजार प्रदर्शनी जनवरी उन्नाईसदेखि बीस तारिखसम्म भारतको मुम्बईस्थित विश्व ब्यापार केन्द्रमा आयोजना गरिएको छ। चीनको राज्य परिषद्को प्रेस कार्यालय, राष्ट्रिय प्रेस प्रकाशन र रेडियो टेलिभिजन मुख्यालय र शाङ्गहाई ऊ आन मिडिया लिमिटेड कम्पनीको संयोजकत्वमा रहेको चिनियाँ संयुक्त प्रदर्शनी केन्द्र पुन: एकपल्ट सो प्रदर्शनी हलमा दर्शकसमक्ष देखाइएको छ।

भारतीय विश्व बजार दक्षिण एशियामा एउटा मात्र व्यवसाय सहित अन्तर्राष्ट्रिय बजार प्रदर्शनी हो। यो वर्ष चीन, अस्ट्रेलिया, अस्ट्रिया, रुस, सिंगापुर, संयुक्त अरब इमिरेट्स, मोरिशस, श्रीलंका र बंग्लादेश नौवटा मुलुकका सत्तरीभन्दा बढी कम्पनीले आ-आफ्नो प्रदर्शनी केन्द्र राखेका छन्।

दुई दिनसम्म चलेको उक्त प्रदर्शनीले भारत र विश्वका विभिन्न स्थानका एक हजार पचासभन्दा बढी प्रदर्शनीकर्तालाई आकर्षित गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *