

(GMT+08:00) 2017-11-22 18:17:49
चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले जिम्माब्वेका राष्ट्रपति मुगाबेले गरेको राजिनामा निर्णयप्रति चीनले सम्मान गरेको र उहाँ चिनियाँ जनताको असल साथी सधैँ रहने बताउनु भएको छ।
आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले मुगाबेले जिम्बाब्बेको राष्ट्रिय स्वतन्त्रता र मुक्ति कार्यका लागि ऐतिहासिक योगदान गर्नुका साथै चीन-जिम्बाब्बे सम्बन्ध र चीन-अफ्रिका सम्बन्धको विकासका लागि महत्वपूर्ण योगदान पनि गर्नुभएको बताउनुभयो। चीनले जिम्बाब्बेसँगको सम्बन्धमा उच्च ध्यान दिएर आपसी विभिन्न क्षेत्रको सहयोगलाई अरु विकास गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।
