मिठो क्यान्टोनिज खानाका अघि क्यालरीमा के चासो

ram naam satya

चीनको क्वाङ तुङ प्रान्तीय ‘शुन् त’ खाना र सम्वद्ध संस्कृति चीनमा निकै प्रसिद्ध छ। द्रूत आर्थिक विकासका क्रममा सर्वसाधारणको जीवनस्तर पनि निरन्तर माथि उकासिइरहेको छ।

यसै सिलसिलामा शुन् तमा पकाइने रोस्ट हाँस, माछा, दही लगायत विशेषतायुक्त खानेकुरा चीनका पारखीहरूको मिठो खानाको सूचीमा समावेश गरिसकेको छ। साथै शुन् त खाना प्रतिनिधित्व गर्ने क्यान्टोनिज खाना पनि विदेशमा प्रचलित भएको देखिन्छ।

क्यान्टोनिज खानाको जन्मथलो शुन् तबाट प्रतिवर्ष देशविदेशमा रहेका चिनियाँ रेस्टुराँमा कडा तालिमबाट पास भएका प्रशस्त पेशागत सेफ परिचालन गर्ने गरिन्छ।

सेफको निर्यात गर्नुका साथै शुन् तमा आँप, डुरिन, नरिवल आदि उष्णकटिवन्धीय फलफूलको पनि ठूलो परिमाणमा आयात गर्ने गर्छ, क्यान्टोनिज खाना र खाजाको सामग्रीको लागि। शुन् तमा पाउने इल माछा पनि जापान लगायतका मुलुकमा निर्यात हुन्छ जुन कूल परिमाणमा चीनबाट निर्यात इलको एक तिहाइ पुग्छ। यसै सन्दर्भमा शुन् तलाई चीनमा इलको जन्मथलो पनि मानिन्छ।

 

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *