माल्दिभ्स संकटबारे निर्णय अधिकार आफ्ना जनतामा रहेको राष्ट्रपतिको भनाई

ram naam satya

माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले फेब्रुअरी सात तारिख राति सत्तारुढ पार्टीको एउटा सम्मेलनमा बोल्दै माल्दिभ्स मामिलाको समाधान खोज्ने अधिकार आफ्ना जनताको हातमा रहेको बताउनुभएको छ।

माल्दिभ्स राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको एउटा विवरणमा राष्ट्रपति यामिनको भनाई उल्लेख गरिएएको छः माल्दिभ्स सारा माल्दिभ्सका जनताको हो, राष्ट्रिय गौरव र प्रतिष्ठाको संरक्षण गर्नु हरेक माल्दिभ्स नागरिकको जिम्मेवारी हो, माल्दिभ्सको राष्ट्रियता, सरकार र सार्वभौमिकता कहिले पनि बिक्री गरिने छैन।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार, माल्दिभ्सको विपक्षी पार्टीका नेता मोहम्मेद नाशीदले हालै ट्वीटरमार्फत् अन्तर्राष्ट्रिय सामुदायको सहयोगमा माल्दिभ्सले ‘मुक्ति’ पाउने आशा प्रकट गरेका थिए।

यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले हिजो फेब्रुअरी आठ तारिख नाशीदको भनाईप्रति टिप्पणी गर्दै चीनले माल्दिभ्सलाई दिएको उद्धारमा केही पनि राजनैतिक शर्त नरहेको स्मरण गराउनुभएको छ। माल्दिभ्सको सार्वभौमिकता र स्वतन्त्रतामा क्षति नपुर्याएको भन्दै उहाँलदे भारतीय समुद्र क्षेत्रको सुरक्षामा पनि कुनै हानी नपुर्याएकोतर्फ स्पष्ट पार्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *