माल्दिभ्सका राष्ट्रपतिद्वारा पन्ध्र दिने संकटकालको घोषणा

ram naam satya

माल्दिभ्सका कानूनमन्त्री शाकुरले पाँच तारिख राति राष्ट्रिय टेलिभिजन स्टेशनमार्फत् माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले पाँच तारिखदेखि सारा देशमा पन्ध्र दिने आपतकालीन अवस्था लागूका लागि औपचारिक आदेश दिनुभएको घोषणा गर्नुभएको छ।

राष्ट्रपति यामिनले माल्दिभ्सका सबै जनता र माल्दिभ्समा बस्ने वा भ्रमण गर्ने सबै विदेशीहरूको सुरक्षालाई सुनिश्चित पार्ने वचन-वद्धता गर्नुभएको जानकारी पनि कानुनमन्त्री शाकुरले दिनुभयो।

यसै महिनाको एक तारिख सर्वोच्च अदालतले आकस्मिक फैसला गर्दै पूर्व राष्ट्रपति नासिक लगायत नौजना विपक्षी समूहका नेतालाई निःशर्त रिहा गर्न राष्ट्रपति यामिन तथा उहाँको नेतृत्वमा रहेको सरकारलाई माग गरेको थियो। त्यसपछि माल्दिभ्सको राजनीतिक अवस्था डाँबाडोल हुन थालेको देखिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *