मालद्वीभ्सका लागि चिनियाँ राजदूताबासद्वारा मालद्वीभ्सका पूर्व राष्ट्रपतिको गलत भनाइको खण्डन

ram naam satya

मालद्वीभ्सका लागि चिनियाँ राजदूताबासका प्रेस प्रवक्ता याङ्ग यिनका अनुसार यही फेब्रअरी बाह्र तारिख जनाउनुभएअनुसार मालद्वीभ्सका पूर्व राष्ट्रपति मोहमद नाशिदले भारतीय सञ्चार माध्यममा चीन र मालद्वीभ्सबीचको प्रभावकारी तथा खास सहयोगमा हानी पुर्‍याउने गलत धारणा सार्वजनिक गर्नुभएको छ। वास्तविक प्रमाणलाई ध्यान नदिइ नाशिदले उक्त गलत धारणा राख्नु भएको हो।

प्रवक्ता याङ्गका अनुसार केही वर्षयता चीन र मालद्वीभ्सले पारस्परिक सम्मानको सिद्धान्त लिँदै शृङ्खलाबद्ध पारस्परिक हित सहयोगात्मक सहयोग बढाउँदै आएका छन्। मालद्वीभ्सको पूर्वाधार विकासमा चिनियाँ व्यवसायहरुले दिन प्रतिदिन मेहनेत गर्दै आएको देखिन्छ। जसबाट लाभान्वित भएको मालद्वीभ्सका जनताको जीवनस्तर बढ्दै गएको छ। यसमा चीन र अन्तर्राष्ट्रिय समाजले खुशी मानेका छन्।

नाशिदका अनुसार मालद्वीभ्समा चीनसँग 17 द्बीप रहेका छन् र यो भूमिलाई चिनियाँले लुटिरहेका छन्। यसप्रति प्रवक्ता याङ्गका अनुसार खुल्ला तथ्याङ्कअनुसार हाल चार वर्षयता तीस मुलुकका व्यवसायले मालद्वीभ्समा 124 पर्यटकीय द्बीपमा लगानी गरेका छन्। चिनियाँ व्यवसायले मालद्वीभ्सको पर्यटकीय द्बीपका लागि लगानी गरेको परियोजना सातवटा मात्रै हो। यो तथ्याङ्कले छैटौँ स्थान लिएको छ। मालद्वीभ्समा सञ्चालित 100 भन्दा बढी पर्यटकीय द्बीपमा चिनियाँ व्यवसायले केवल धेरै कम द्बीपमा व्यवसाय सञ्चालन गरेका छन्। त्यसैले नाशिदको भनाइ र वास्तविक तथ्यसँग मेल खाएको छैन। नाशिदले समान र सन्तुलित दृष्टिकोणबाट चीन र मालद्वीभ्सबीचको सम्बन्धको विकासमा सकारात्मक धारणा राख्नसक्ने आशा चीनले राखेको प्रवक्ता याङ्गले बताउनु भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *