


चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको चिनियाँ मार्का निर्माण सम्बन्धी ३ मोड विचार सार्वजनिक भएको पाँचौं वार्षिकोत्सवका उपलक्ष्यमा मे १० तारिख हजारौं सदस्यले भाग लिने मार्काबाट स्वदेशलाई शक्तिशाली बनाउने रणनीतिक गठबन्धन पैचिङमा स्थापित भएको छ। साथै चिनियाँ मार्काबाट देशलाई शक्तिशाली बनाउने समारोह पनि आयोजित भएको छ।
चाइना मिडिया ग्रुपको प्रस्तावमा स्थापित उक्त गठबन्धनमा केन्द्रीय सरकारी विभागहरू, स्थानीय सरकार, चिनियाँ मार्का कम्पनीहरू, विश्वविद्यालयहरू, बैज्ञानिक अनुसन्धानालय तथा संस्थाहरू, उद्योग व्यवसाय संघ, विशेषज्ञबाट गठित गरिएको हो। पहिलो चरणमा भाग लिएका सदस्यहरू १२०० जना रहेका छन्। समाजका विभिन्न शक्तिलाई भेला गराएर मार्काहरू उच्च गुणस्तरिय विकास क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै देशलाई शक्तिशाली बनाउने रणनीति लिएर जनजीवनको मागलाई पूरा गर्ने कुरा सो गठबन्धनले सार्वजनिक गरेको प्रस्तावमा उल्लेख गरिएको छ।
