


— भरत दाहाल, राजनीतिक विश्लेषक
केपी ओलीले संसदमा प्रयोग गरेको भाषा अमर्यादित भयो, त्यसलाई संसदको रेकर्डबाट हटाउनु पर्छ भन्ने माग भयो भन्ने ‘आश्चर्यचकित’ पार्ने समाचार आयो। मर्यादाको माग गर्ने र ‘माननियज्यूहरु’को मर्यादा हनन् गर्नेहरु तिनै माफिया दलालहरु हुन्, जसले वाईडबडी, एनसेल, वालुवाटार हायात तहल्का मच्चाईरहेका छन्। यीनीहरु तिनै काला अनुहारहरु हुन्, जसले विदेशीलाई नागरिकता महादान सम्पन्न गर्ने नून कर्म गरिरहेका छन्।

मदन भण्डारी, राजा वीरेन्द्र, १७ हजार नेपाली, गौर हत्याकाण्ड मचाएर पराईको मद्दतमा कुर्सि हत्याउने अपराधि झुण्डको मर्यादा देदिप्यमान छ ! लाउडा, धमिजा, चेज एएर, पजेरो, आयल निगम, वायूसेवा, निर्मला, घैंटे, चरीका संगिसंगातिहरुको प्रतिष्ठा भव्य छ ! लैनचौर, इयू, वासिङटन, मिशनरी गैससहरुसंग पाकेट खर्चको जोहो गरेर सूचना बेच्नेहरुको इज्जत भव्य छ ! दिल्लीबाट चुनाव खर्च लिएर माननिय बन्नेहरुको शान उच्च छ !
ओ नेपालीहरु ! विदेशीको कुहिएको जुठ्यान बाँचेकाहरुलाई सात्विक मानिदेउ ! ध्वाँसोले मान्छे जस्तो नदेखिने यीनीहरुको अनुहारलाई हीमनदिको जस्तो कञ्चन भनिदेउ ! देश लुट्ने यीनीहरुको धन्धालाई महान सत्कर्म ठानि देउ ! सर्कस देखाईने संसदीय मैदानमा बाँदरहरुको चटकलाई लोकतान्त्रिक अभ्यास बताई देउ ! विदेशीको नूनको भारी बोक्दाबोक्दै मर्ने नियति बोकेका अभागिहरुलाई नेपालका भाग्य विधाता घोषणा गरिदेउ !


