मानताम झीलको  पूल भत्किँदा  11 वटा गाउँ सड़क सम्पर्कबाट विछिन्न

मानताम झीलको पूल भत्किँदा 11 वटा गाउँ सड़क सम्पर्कबाट विछिन्न

ram naam satya

गान्तोक, 5 मई। हिमाली राज्य सिक्किममा वर्खा लाग्न अघि नै झरीको ताण्डव शुरु भएको छ। यसैक्रममा शनिबार लगभग साँढे दुइ बजी बिहानदेखि उत्तर सिक्किमको आदिम जनजाति लेप्चा समुदायको वासभूमी जङ्गुमा परेको हत्तीसुँडे पानीले कनका(टिस्टा) नदी थुनिएर बनिएको मानताम झीलमाथिको फलामे पुल ध्वस्त पारेको छ। 13 अगस्त 2016 सालमा एउटा पहाड़ नै झरेर कनका नदीको बाटो थुनेपछि निर्मित मानताम झीलमाथि 140 मिटर लामो सस्पेन्स पूल निर्माण गरिएको थियो। उक्त पूल रातभरिको झरीले बढेको नदीको जलस्तरको कारण पूर्ण रूपमा ध्वस्त भएको छ। पूलको आधा भाग पानीमा बगेर गएको छ भने आधा भाग बाङ्गिएको छ।
जङ्गु निर्वाचन क्षेत्रको दूर्गम गाउँहरू मध्ये रहेको तिङबोङ ग्राम पञ्चायत एकाई र साक्योङ पेन्तोक ग्राम पञ्चायत एकाईको 11 वटा गाउँलाई यो पुलले सड़क सम्पर्क जोड्ने गर्छ। जहाँको मुख्य वाहन चलाचल र जिल्ला मुख्यालय मगन अनि राजधानी गान्तोकसित सोझो सम्पर्क गर्ने एक्लो माध्यम अब बन्द भएको छ।
रातिको ठूलो झरीले बढेको नदीको बेग थाम्न नसकि गत वर्षको सितम्बर महिनामा निर्माण पुरा गरेर उद्घाटन गरिएको पुल पूर्ण रूपमा आज बिहान 8 बजी भत्किएर ध्वस्त भएको स्थानीय मानिसहरूले बताए।
उल्लेखित 11 वटा गाउँमा यो पुल भत्किएपछि स्वास्थ्य सेवा, खाद्यन्न र अन्य आवश्यक सुविधाहरूको समस्या हुने सम्भावना बडेको स्थानीय भुक्तभोगि गाउँलेहरूले मन्तव्य व्यक्त गरेको छ। जिल्ला प्रशासनको तर्फबाट कनिष्ठ अभियन्ताले पुलको अवस्था निरिक्षण गरेको बताइएको छ। यसका साथै गाउँमा स्वास्थ्य उप केन्द्र भने रहेको तर गम्भीर बिरामी भएको अवस्थामा भने गाउँलेहरूले उपचारको निम्ति जिल्ला अस्तपताल मगन या त गान्तोक ल्याउनु पर्ने अवस्थामा भने समस्या हुनसक्ने आशंका व्यक्त गरेका छन्।
अर्कोतिर जिल्ला प्रशासनले घटनाबारे जनकारी दिँदै समाजिक सञ्जालमा दिसम्बर महिनासम्म पुग्ने खाद्यान्नको निम्ति 6 सय कुइन्टल चामल अप्पर जङ्गुको नामफ्रिक खाद्य भण्डारमा भण्डारण गरिसकेको दाबी गरेको छ। यसकारण खाद्यन्नको कमी नहुने पनि बताएको छ। यसैगरि पूल भत्किएपनि पूल पारिपट्टी नदी किनारमा जनताको सुविधाको निम्ति वाहनहरू तैनाथ गरिएको अऩि नदी पार गर्नको निम्ति झोलुङे पुलको प्रयोग गर्न सकिने बताउँदै सङ्कटको अवस्था नभएको पनि दाबी गरेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *