

MY Greater Nepal पुस्तक दशजना लेखकहरू र दुई जना समीक्षकद्वारा अाज दिउँसो डिल्लीबजारस्थित भाेजनगृहमा एक कार्यक्रमका बीच बिमाेचन गरियो।
MY Greater Nepal पुस्तक गाेरखा एक्सप्रेस साप्ताहिकका सम्पादक तथा लेखक राजन कार्की, राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाल, राजनीतिक विश्लेषक तथा लेखक प्रेमसागर पाैडेल, सीमाविद तथा लेखक बुद्दि नारायण श्रेष्ठ, लेखक एन.पि. उपाध्याय, लेखक डा.एस डी पन्त, जलश्राेतविद तथा लेखक रत्न संसार श्रेष्ठ, राजनीतिज्ञ दिर्घराज प्रसाइ, युवा लेखक बसन्त खड्का र राजनीतिज्ञ साध्य बहादुर भण्डारीकाे राष्ट्रिय भावना र देशप्रेम समेटिएकाे लेखहरु समेटिएको छ भने सम्पादक तथा लेखक राजन कार्कीद्वारा सम्पादन गरिएकाे अंग्रेजी भाषामा लेखिएकाे पुस्तक MY GREATER NEPAL अाज एक समाराेहका बिच डिल्लीबजार भाेजनगृहमा पुस्तकका लेखकहरूद्वारा नै सार्बजनिक गरियाे।

https://www.youtube.com/watch?v=v-0Ut_X2v-Q&list=UUZlRPQfqzssWXtTin21lwlg

MY GREATER NEPAL पुस्तकका सम्पादक तथा लेखक राजन कार्कीले पुस्तकका विषयमा बाेल्नुभएकाे थियो। यसैगरी सीमाविद तथा लेखक बुद्धिनारायण श्रेष्ठले लेखकका तर्फबाट बाेल्नुभएकाे थियो। कार्यक्रममा बरिष्ट इतिहासबिद प्राध्यापक डा. सुरेन्द्र के.सि. तथा बिर्गेडियर डा. प्रेमसिंह बस्न्यातले पुस्तकका बिषयमा बिश्लेषण गर्नु भएकाे थियाे। भने विमाेचन कार्यक्रमकाे सभापतित्ब प्रेम सागर पाैडेलले गर्नुभएको थियो। कार्यक्रम बैकुण्ठ अधिकारीलेे सञ्चालन गर्नुभएको थियो। समाजका बिभिन्न तह र तप्काका व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे साे समाराेह निकै भव्य र सभ्य रूपमा सम्पन्न भएकाे थियाे। तडक भडक र उच्छृङखलता रहित याे कार्यक्रममा सबै उपस्थित अतिथिहरूले देशभक्तिकाे भावना देखाएका थिए।


