

गुटरेसले दुई तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकारसँग भेटघाट गर्दै सिरियाली राष्ट्रिय वार्ता सम्मेलनमा सहभागी भएका विभिन्न पक्षले संयुक्त राष्ट्र संघको अध्यक्षतामा सुरक्षा परिषदको 2254 नम्बरको निर्णय-प्रस्तावबमोजिम सिरियाली संविधान आयोग स्थापना गर्न स्वीकार गरेको बताउनुभयो।

गुटरेसले सिरिया समस्यासम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेषदूत स्टाफान डे मिस्टुराले आगामी चरणको काम सिरियाली राष्ट्रिय वार्ता सम्मेलनको आधारमा सुरक्षा परिषदको सम्बन्धित निर्णय-प्रस्तावलाई व्यवहारमा उतार्न अगाडि बढाउनु रहेको बताउनुभयो।

सिरिया समस्यासम्बन्धी जेनेभा शान्ति वार्ता र सिरियाली शान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि रुस, टर्की, इरान तीन पक्षले सिरियाली राष्ट्रिय वार्ता सम्मेलनको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त वार्ता सम्मेलन गत जनवरी एकतीस तारिख बेलुकी रुसको सोची शहरमा सम्पन्न भएको छ।
